Tune to BFM 91.2|Biratnagar

दादुरा रुवेला खोप अभियान सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण

विराटनगर, ४ फागुन । मोरङको कटहरी गाँउपालिकामा दादुरा रुवेला खोप अभियान सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । गाँउपालिकाको सभाहलमा सम्पन्न भएको कार्र्यक्रममा कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार, प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीसहित सातवटै वडाका वडाध्यक्षहरुको सहभागिता थियो ।

कार्यक्रममा पुर्वतयारी र खोपको औचित्यको बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कटहरीका स्वास्थ्य संयोजक उदयकान्त सेठले सरकारद्वारा घोषित दादुरारुबेला खोप अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन गाँउपालिकाभरि २७ जना स्वास्थ्य स्वयंसेविका परिचालन गर्नुका साथै ३५ वटा केन्द्रहरु स्थापना गरिने बताउनुभयो ।

पालिकाभरि ९ महिनादेखि ५ बर्षसम्मका ५ हजार १ सय ८४ जना बालबालिकालाई खोप प्रदान गरिने उहाँले बताउनुभयो । सरकारको घोषित कार्यक्रमअनुसार फागुन ६ गतेदेखि १४ गतेसम्म मोरङलगायत अन्य जिल्लामा दादुरा रुवेला खोप संचालन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button