Tune to BFM 91.2|Biratnagar

दिदीसँग नुहाउन गएकी बालिकाको शव आज भेटियो

विराटनगर, २१ असार । आफ्नी दिदीसँग नुहाउन गएकी बालिकालाई मोरङको कटहरी गाउँपालिका–७ मा जुडी खोलाले बगाएको छ ।

खोलाले बगाएर प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीलाई हिजो दिउँसो बेपत्ता बनाएको थियो । उनी दिदीसँग नुहाउन भनेर खोलामा पुगेकी थिइन् ।

पौडी खेल्ने क्रममा खोलाले बगाएर वेपत्ता बनाएपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजी थालेका थिए ।

घटनास्थलभन्दा लगभग तीन किलोमिटर तल आज बिहान उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । बाँस झ्याङमा अल्झिएको अवस्थामा बालिकालाई मृत फेला पारिएको जानकारी उहाँले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button