Tune to BFM 91.2|Biratnagar

दिव्या गुरागाईँको “नौलो आयाम” पुस्तक विमोचन

विराटनगर, ३० मङ्सिर । साहित्यकार दिव्या गुरागाईँद्धारा लिखित “नौलो आयाम” नामक पुस्तकको विमोचन गरिएको छ । आज विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरिएको हो ।

समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि भोग्नुपर्ने अनेक पीडालाई बुलन्द गर्न खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button