Tune to BFM 91.2|Biratnagar

दुःखको साथी नेपालद्धारा खाध्य सामाग्री वितरण

विराटनगर, २६ चैत । दुःखको साथी नेपाल केन्द्रिय कार्यालय विराटनगरले खाध्य सामाग्री वितरण गरेको छ ।

लकडाउनका कारण विपन्न तथा गरिव समुदायलाई समस्या भएकाले विराटनगर ११ पिचराका १ सय ५० घर परिवारलाई खाध्य सामाग्री वितरण गरिएको हो ।

प्रति परिवार १२ किलो चामल, दाल १ किलो, आलु २ किलो, नुन १ किलो, बेसार, सावुन, चाउचाउ वितरण गरिएको दुःखको साथी नेपालका संस्थापक सल्लाहकार भगवान थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button