दुइ बिभागिय टिम पुलिस र आर्मी उपाधी नजिक

0
169
????????????????????????????????????

विराटनगर, २२ पुस । बिभागिय टिम नेपाल पुलिस र आर्मी इटहरीमा जारी दोसो्र सभामुख कप राष्टिय भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बिजयी भएको नेपाल पुलिस क्लबसंगको उपाधी भिडन्त पक्का गर्न आर्मीले गण्डगी प्रदेशमाथी सहज जित निकाल्न सफल भयो । पहिलो सेमिफाइनल खेलमा पुलिसले एपीएफलाइ ३–१ को सेटले पाखा लगायो । पुलिसले सुरुका दुइ सेट एपीएफ बिरुद्ध २५–१६ र २५–२१ को सहज जित निकाल्दा तेसो्र सेटको खेलमा अग्रता जोगाउन सकेन । तेसो्र सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पार्यो । अधिकांश दर्शकको साथ पाएको पुलिसले चौथो सेटको खेलमा उत्कृष्ट पुनरागमन जमाउदै २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । अघिल्ला खेलहरुमा उत्कृष्ट खेलेको एपीएफका खेलाडीहरु पुलिस बिरुद्ध हावी हुन नसक्दा फाइनलमा स्थान बनाउन सकेन । आज नै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आर्मीले र गण्डकी प्रदेशलाइ ३–० को सोझो सेटले पराजित गर्दै पुलिससंगको उपाधी भिडन्त पक्का गरेको छ । अधिकांश राष्टिय खेलाडीहरु सहभागी गराएको आर्मीले गण्डकी प्रदेश बिरुद्ध २५–२०, २५–११, २५–२० को सहज जित निकाल्न सफल भयो । पुलिस र आर्मी बिचको उपाधी भिडन्त सोमबार दिउसो हुने आयोजक सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । प्रतियोगितामा बिजेताले ४ लाख र उपबिजेताले २ लाख नगद पुरस्कार पाउने छन । यस्तै तेसो्र हुने टिमले नगद १ लाख पाउनेछ । यस्तै बिधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ २४ इन्चको एलईडी टिभी प्रदान गरिनेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वरलाइ जनही नगद रु. ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा आयोजना भएको प्रतियोगिताको ब्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रुपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here