दुई उद्योगलाई कारवाही
विराटनगर, १२ वैशाख । मोरङको बेलबारीमा प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले बेलबारीका दुई व्यापारिक प्रतिष्ठानलाई कारबाही गरेको छ ।
दैनिक उपभोग गर्ने खाद्य वस्तुको मूल्यमा अनियमितता भएको जनगुनासो आएसँगै संयुक्त बजार अनुगमन टोलीले म्याद नाघेको सामाग्री राख्ने तथा मूल्य अनियमितता गर्ने दुई व्यापारिक प्रतिष्ठानलाई कारबाही गरेको हो ।
प्रदीप स्टोर र श्री विन्ध्यवासिनी खाद्य उद्योग कारबाहीमा परेको हुन । अनुगमन टोलीले म्याद समाप्त भएको सामाग्री भेटे पछि प्रदीप स्टोर कारबाहीमा परेको हो । स्टोरमा फेला परेको म्याद नाघेको सामाग्री अनुगमन टोली डिस्पोज गरेको छ ।
साथै .२० हजार जरिवाना गरेको छ । अनुगमन टोलीका अनुसार अनुगमनमा चामलको अनुचित मूल्य लिएपछि श्री विन्ध्यवासिनी खाद्य उद्योगलाई अनिश्चितकालका लागि बन्द गरिएको छ ।