दुई कोरियाबीच सैनिक तहमा छलफल

0
116

उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पान मुन जोममा हिजो वार्ता सम्पन्न भएको छ। अप्रिल महिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ–उनबीच भएको शिखर बैठकको सम्झौता कार्यान्वयन गर्ने गरी दुई देशका सैनिक अधिकारीबीच वार्ता भएको कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ। दुई कोरियालाई छुट्याउने गैरसैनिक क्षेत्र (डिएमजेड)मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा दुई देशका उच्च सैनिक अधिकारीबीचको बैठक भएको बताइएको छ । ‘सैनिक तनाव कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यवहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ,’ वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल किम डो–ग्युनलाई उद्धृत गर्दैै योन्हापले जनाएको छ ।वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी रहेको बताइएको छ । उत्तर कोरियाका तर्फबाट लेफ्टिनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको योन्हापले उल्लेख गरेको छ । उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणलाई परीक्षणका रुपमा हटाउने विषयमा दक्षिण कोरियाले राखेको प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ । उनीहरुबीच सन् १९५० देखि १९५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना रहेको योन्हापले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here