Tune to BFM 91.2|Biratnagar

दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाण्डौ २ बैशाख ।काठमाण्डौ को पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताईएको छ ।

उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । हिजो यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकी एक जना (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।सनसिटीमा पाँचवटा विल्डिङ रहेका छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।

र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन भने बाहीरबाट पनि भित्र पस्न रोक लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button