दुई संशोधन विधेयक पारित

0
96

विराटनगर २९ जेठ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधान गर्न बनेको विधेयक सर्वसहमतिले पारित गरेको छ । गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधान गर्न बनेको विधेयकमाथि तुलसीप्रसाद न्यौपाने लागातका सांसदहरुले संशोधन हालेका थिए । उक्त संशोधानलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्वीकार गरेका थिए । जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि लछुमन तिवारी लगायतका सांसदले हालेको संशोधान प्रस्तावलाई पनि मन्त्री कार्कीले स्वीकार गरेका गरेका थिए । दुवै विधेयकमाथिको संशोधन सकारेपछि सर्वसम्मतले विधेयक पारित भएको थियो । त्यसैगरी उद्योग पर्यटन वन तथा वातावरण समितिमा दफावार छलफलका लागि गएको पर्यटन प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरिएको छ । सो प्रतिवेदन समितिकी सभापति सीता थेवेले प्रस्तुत गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here