Tune to BFM 91.2|Biratnagar

दुधमा आत्मनिर्भर वनाउन कृषकलाई गाई वितरण

विराटनगर, ८ जेठ । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो ।

प्रयाप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको प्रमुख चौधरीले वताउनुभयो ।

यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपप्रमुख गौतमको भनाई छ । उहाँका अनुसार अव वडा नम्वर १ र २ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ ।

उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोत वाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button