दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

0
258

विराटनगर, ८ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा चालक सुन्दरहरैंचा–७ का २४ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ । खोर्साने–केराबारी सडक खण्डमा हिजो साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३० प २६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चौधरीसहित मोटरसाइकलको पछाडि सवार सुन्दरहरैंचा–७ का २२ वर्षीय सुमन विक घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा ल्याइएको थियो । उपचारका क्रममा चालक चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here