Tune to BFM 91.2|Biratnagar

दुर्घटनामा पुरुषको मृत्यु

विराटनगर, १५ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा सवारी साधनको ठक्करबाट गयराति एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका अन्दाजी ३०/३५ वर्षीय पुरुषको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएर सडकमा छटपटाइरहेका उनको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गरीले बताउनु भयो । ती पुरुष गम्भीर घाइते अवस्थामा सडकको बीचमा राति ९ बजेतिर भेटिएका थिए ।

ट्राउजर र टी–सर्ट लगाएका पुरुषको खुट्टा भने खाली नै थियो । उनको साथमा पहिचान खुल्ने कुनै पनि प्रमाण नभेटिएको डीएसपी गिरीको भनाइ छ । उहाँका अनुसार ठक्कर दिने सवारी साधनको पनि पहिचान हुन सकेको छैन ।

शव उर्लाबारीको मंगलबारे अस्पतालमा लगेर दुर्घटना गराउने शंकास्पद सवारी साधनको खोजी थालिएको जानकारी गिरीले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button