दुहबीमा मोटरसाइकल सहित डुबेको अवस्थामा शव फेला

0
137

बिराटनगर ३ माघ ।सुनसरीको दुहबीमा मोटरसाइकल सहित डुबेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमरिया स्थित सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित डुबेको अवस्थामा गढी गाँउपालिका ५ का अन्दाजी ३५ बर्षिय लक्ष्मण खाँङको शव फेला परेको जनाइएको छ ।को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा प्रहरीले आज बिहान शव भेटेको थियो । इलाका प्रहरी कार्यालय दुहबीले भेटिएको शव मापसे सेवन गरी अनियन्त्रित भई नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ भने शवलाई पानीबाट निकालेर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ् । शव लाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाईएको छ भने यसबारेमा थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here