Tune to BFM 91.2|Biratnagar

दुहवीको इँटा उद्योगमा झडप

विराटनगर २३ चैत । सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आज झडप भएको छ । झडपका क्रममा एकजना प्रहरीसहित १३ जना घाइते भएका छन् ।

दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झडप भएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको अहिले दुहबीस्थित सुनसरी सामुदायिक अस्पताल र जीबनज्योति पोलिक्लिनिकमा उपचार भैरहेको छ ।

यता झडपमा घाइते भएका ताजिब मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जोखिम बढेको बताउनुभयो । सो सूचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरुमाथि आक्रमण भएको उहाँको भनाइ छ ।

यता वडाध्यक्ष हुसैनले भने आफुले कसैलाइ हातपात नगरेको र कोही कसैलाई निर्देशनसमेत नदिएको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरुबीच झडप भएको जानकारी आएपछि प्रहरीलाई खबर गरेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button