दृष्टिविहीन शर्माको ५१ औं पटक रक्तदान
विराटनगर, २३ वैशाख । विराटनगरका दृष्टिविहिन एक पुरुषले ५१ औ पटक आज रक्तदान गरेका छन् ।
नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ बर्षिय चिरन्जीवी शर्माले रक्तदान गर्नुभएको हो ।
शर्माले तीन महिना भित्र खेर जाने रगतले समुदायमा रहेका विरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनु भयो ।