Tune to BFM 91.2|Biratnagar

देवकुमारी थापा स्मृति पुरस्कार दिवसलाई दिईने

विराटनगर १ चैत । बबरसिंह थापा सेवा गुठी विराटनगरले विभिन्न पुरस्कार तथा सम्मानको निर्णय गरेको छ ।

गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा आज वसेको बैठकले बरिष्ठ कवि तुलसी दिवस, कलाकार विक्रम श्री र शोधकर्ता दीपेन घिसिङलाई पुरस्कृत तथा विशेष सम्मान गर्ने निर्णय गरिएको हो ।

बरिष्ठ कवि तथा संस्कृति विद् तुलसी दिवसलाई २०७६ सालको देवकुमारी थापा स्मृति सेवा सम्मान तथा पुरस्कार दिईने निर्णय गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । सेवा गुठीले बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार कलाकार विक्रम श्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

कथाकार देवकुमारी थापाका विषयमा विद्यावारिधी गर्ने दार्जिलिङका शोधकर्ता दीपेन घिसिङलाई विशेष सम्मान गरिने भएको छ । घिसिङले देवकुमारी थापाका विषयमा पहिलो पटक शोध तयार गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button