देशभरका चिकित्सक आन्दोलनमा,आकस्मिकबाहेकका सबै सेवा बन्द

0
79

काठमाण्डौ १८ माघ । डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो ।संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ । यसैबिच चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित गरिसकेपछि डा. गोविन्द केसीसँग वार्ता गर्ने तयारी सरकारले गरेको छ । अनसन बसेको तीन साता वितिसक्दा पनि डा. केसीसँग बार्ता गर्न कुनै पहल नगरेको सरकारले विहीबार राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि वार्ताको ढोका खोल्न लागेको छ ।आज बस्ने मन्त्रीपरिषदको बैठकले वार्ताका लागि पहल गर्ने संकेत गरेको छ । पहिलेभन्दा फरक शैलीमा वार्ता गर्ने तयारी सरकारले गरेको एक मन्त्रीले बताए । ‘अबको वार्ता सिधै गोविन्द केसीसँग हुन्छ, विचौलियासँग वार्ता सरकारले गर्दैन’, एक मन्त्रीले भने ‘शिक्षा र स्वास्थ्यमन्त्रीसहितको बार्ता टोली बनाउने तयारी भइरहेको छ ।’यसअघि गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीकाबीच सम्झौता हुने गरेको थियो । तर यसपटक सरकारले वरिष्ठ र विभागीय मन्त्रीहरु रहेको बर्ता टोली बनाउने तयारी गरेको छ । विभागीयमन्त्रीहरुले डा. केसीका प्रतिनिधिसँग वार्ता नगर्ने भएका छन् । सिधै गोविन्द केसीसँग बार्ता गर्नेे बताईएको छ। वार्ताका नाममा बिचौलियाहरु हावी भएको र राजनीतिक रंग जोडेको भन्दै सरकारले सिधै केसीसँग बार्ता गर्ने तयारी थालेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here