देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा आज दीपदान गरिंदै

0
31

काठमाडौं । बालाचतुर्दशीको अघिल्लो रात आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा दीपदान गरिँदैछ ।आज दीपदान गरी भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज अपराह्नपछि भीड लाग्ने गर्दछ ।आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here