देशभरकै मौसम बदली ः केही स्थानमा पानी पर्ने संभावना

0
201

विराटनगर, १९ फागुन । आज देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो रातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको छ । भोलिबाट भने मौसममा सुधार
आउने बताइएको छ । यसैबीच, उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभर नै चिसो बढेको छ । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने महाशाखाको अनुमान छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here