Tune to BFM 91.2|Biratnagar

देशभरबाट आज २ हजार ८ सय४६ जना डिस्चार्ज

विराटनगर , ८ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो । हिजो कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । यस्तै आज थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button