Tune to BFM 91.2|Biratnagar

देशभर आज ५ सय ७० जना संक्रमित थपिए

विराटनगर ११ कार्तिक । देशभर आज कोरोना भाइरसका थप ५ सय ७० जना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन् भने दुई हजार ९३२ जना क्वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९७ महिला र १५५ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ९५८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०० जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५८ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४३४ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६२ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button