Tune to BFM 91.2|Biratnagar

दैनिक ६० जना मजदूरहरुलाई खानाको व्यवस्था

विराटनगर, १९ चैत । लकडाउनको कारण सार्वजनिक यातायात सञ्चालन रोकिएपछि समस्यामा परेका सवारी साधनका मजदूरहरुलाई आजदेखि विराटनगरमा विहान र साँझ खाना खुवाउन शुरु गरिएको छ ।

सूनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदूर सघ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्त रुपमा बसपार्कमा रहेको होटलमा दैनिक दुरी मिलाएर ६० जना मजदूरलाई विहान र साँझ खाना खुवाउने कार्यको आजदेखि शुरु गरिएको छ ।

सुनौलो विहानीका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुंदा भोकै वस्नु परेका कैलाली, वाँके,जनकपुर, नेपालगँज लगायतका मजदूरहरुलाई लकडाउनको अवधिसम्म खाना खुवाउन संघ संगठनको पहलमा शुरु गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button