Tune to BFM 91.2|Biratnagar

दोशीलाई कार्वाही गर्न नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको माग

विराटनगर १९ जेठ । उपचारको क्रममा काठमाण्डौ स्थित नेपाल मेडिकल क्लेज जोरपाटीमा ६४ वर्षिय एक महिलाको मृत्युु भएको घटना लाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरु ले आफ्नो ज्यानको बाजी लगाउदै आफ्नो चिकित्सकिय धर्म निभाईरहेको अबस्थामा चिकित्सक माथी हमलाहुनु दुखद भएको जनाएको छ ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरु लाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउने माथी अविलम्ब कानुनी कारबाही गर्न सरकार संग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button