Tune to BFM 91.2|Biratnagar

धनकुटाका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बिराटनगर २० चैत । पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।विदेशबाट घर आएको झण्डै दुई हप्तापछि रुघाखोकी र ज्वरो आएर धनकुटा नगरपालिका ८ का ३५ वर्षीय ती युवक गत सोमबार धनकुटा अस्पताल उपचारको लागि भर्ना भएका थिए ।

जाँचको क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएपछि धरानको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान र काठमाण्डौको टेकुमा स्वाब परीक्षणको लागि पठाइएको थियो ।युवकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो ।

युवक विदेशबाट आएको दुई हप्तापछि उनी सहित परिवारका केही सदस्य पनि बिरामी भएपछि उनलाई धनकुटा अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनका परिवारलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा राखिएको थियो ।स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको पनि धनकुटा अस्पतालले जनाएको छ ।

वैदेशिक रोजगारीबाट आएका धनकुटाका अन्य ४९ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button