धनकुटामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

0
40

शुक्रबार २१, मङ्सिर । धनकुटा नगरपालिका –२ भीरगाँउमा बिहीबार रात ट्रयाक्टर दुर्घटना भएको छ । स्थानीय निबुवा खोलाबाट बालुवा लिएर आएको को २ त ६९७४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा पाख्रिबास नगरपालिका घर भई हाल धनकुटा नगरपालिका ३ कागते बस्दै आएका ट्रयाक्टर सहचालक वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रलिकबाट ट्रलि नझरेपछि राई मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here