Tune to BFM 91.2|Biratnagar

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पुजा मनाईदै

विराटनगर, २९ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मी पूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइदैछ । आज घरको आगन, पिढी, दलान तथा कोठामा गाईको गोबरले लिपेर सफा बनाई घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री तथा लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर अहिले सा“झ लक्ष्मीको स्वागत गरिदैछ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार आज राति घरघरमा दीपावली पनि गरिन्छ ।

दीपावलीपछि घरको पूजाकोठामा आफूसग भएका सुनचादीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मीपूजाका दिन घरमा लक्ष्मीको बास भए वर्Èभरि आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । आज बेलुका समूह बनाएर घरघरमा भैलोसमेत खेलिन्छ । तर कोरोना संक्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ । आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाईएको छ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नानसमेत गर्ने गरिन्छ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार सुरु भएको हो । दोस्रो दिन हिजो काग तिहार मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button