Tune to BFM 91.2|Biratnagar

धमाधम बजेट फिर्ता गराउदै मन्त्रालयहरु


विराटनगर १८ वैशाख । प्रदेश १ सरकार मातहतका मन्त्रालय र निकायहरुले लकडाउनले गर्दा चालु बर्ष खर्च गर्न नसक्ने बजेट धमाधम फिर्ता गराउन थालेका छन ।

प्रदेश सरकारले खर्च हुन नसक्ने र अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर विवरण बुझाउन निर्देशन गरेपछि मातहतका मन्त्राय र निकायहरुले धमाधम बजेट प्रदेश सरकारलाई फिर्ता गराउन थालेका हुन ।

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बैसाख १७ सम्म आफु मातहत कार्यालय नभएका निकाय र केही मन्त्रालयहरुले १ अर्ब बढी रकम सरकारलाई फिर्ता गराइसकेका छन ।यसरी बजेट कटौती गरेर फिर्ता गराउन निकायहरुमा प्रदेश सभा , प्रदेश योजना आयोग , प्रदेश लोकसेवा र मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेकाछन ।

अझै भौतिक पुर्वाधार बिकास , कृषी भूमि तथा सहकारी , उद्योग , बन , वतावरण र पर्यटन , र समाजिक बिकास मन्त्रालयले बजेट फिर्ता गरिसकेका छैनन ।

प्रदेश सरकारले मातहतका मन्त्रालय र निकायहरुलाई बैसाख १५सम्म खर्च हुन नसक्ने बजेट फिर्ता गराउन परिपत्र गरेको थियो ।

कार्यक्रमहरु कटौती गरेर समर्पण भएको रकम प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम , नियन्त्रण तथा उपचारमा खर्च गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button