धरहरा पुनर्निर्माणको शिलान्यास असारमा

0
209

काठमाडौँ, १ जेठ । भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनर्निर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुन पुनर्निर्माणका लागि झन्डै चार अर्ब रुपैयाँ लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो । “एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनर्निर्माणका लागि शिलान्यास हुन्छ”, उहाँले भन्नुभयो । शिलान्यास भएको दुई वर्षमा धरहरा पुनर्निर्माण भइसक्ने प्राधिकरणले जनाएको छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान सुरु गरेको थियो । अभियान अन्तर्गत रु २४ करोड संकलन भएको छ । धरहराको पुनर्निर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि अढाइ वर्षपछि हात झिकेको थियो । टेलिकमले आफैँ पुनर्निर्माण नगरे पनि एक अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ । बाँकी रकम सरकारले व्यहोर्ने सहसचिव मानन्धरले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here