On Air BFM 91.2|Biratnagar

धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

विराटनगर, ५ जेठ । सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाउनु भएको छ

१० बजकोे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाउनुभएको छ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८(अन्ठावन)मत पाउनुभएको छ ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका इन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button