धरान फुटबल क्लब र कोलकत्ता एफसी भिड्दै

0
101

बिराटनगर, २९ माघ । २१ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली कोलकत्ता एफसीसँग प्रतिस्पर्धा गर्दैछ । आज धरान रंगशालामा दिउँसो साढे २ बजे क्वाटरफाइनल भिडन्त सुरु हुनेछ । घरेलु मैदान र दर्शकको साथमा रहेको आयोजक पाहुना टोलीको चुनौती पन्छाउदै सेमिफाइनल प्रबेशको योजनामा रहँदा, पाहुना टोली आयोजकलाई सहज रुपमा हराउने योजनामा रहेको छ । यसअघि हिजो भएको दोस्रो क्वाटरफाईनलमा पोखराको साहारा क्लबलाई सडेन डेथमा हराउँदै विभागीय नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । २ बिदेशीसहित ८ टोली सहभागी गोल्डकपको बिजेताले ८ लाख रुपैयाँ हात पार्नेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here