धरौटीमा छुटे लगत्तै विप्लव परित्याग

0
112

विराटनगर, २ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको प्रतिबन्धित नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प) ले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । मोरङको केराबारीका राई प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले माग गरेको चार हजार रुपैयाँ धरौटी रकम बुझाएर आज नै छुट्नु भएको थियो । धरौटीमा छुटे लगत्तै विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले आफूले ‘विप्लव’ समूह परित्याग गरेको घोषणा गर्नु भयो । सिद्धान्त ठीक भए पनि पार्टीका नेता कार्यकर्ताको व्यवहार गलत भएपछि परित्याग गरेर आफू स्वतन्त्र नागरिक भएर बस्न चाहेको उहाँले बताउनु भयो । २०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न उहाँ पार्टी विभाजनसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि ‘विप्लव’ नेतृत्वको नेकपामा लाग्नु भएको थियो । उहाँलाई गत असार ९ गते केराबारीबाट प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा हातहतियार खरखजना र संगठित अपराध सम्बन्धी मुद्दा चलाएको थियो । अदालतले भदौ २४ गते साधारण तारेखमा छाड्न आदेश दियो । त्यस लगत्तै प्रहरीले विभिन्न ठाउँमा भएका बम विष्फोटका घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो । जिल्ला अदालत मोरङले २६ गते साधारण तारेखमा छोड्न आदेश दिए पनि उहाँलाई पुनः प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । प्रशासनले चार हजार धरौटीमा उनलाई छाड्न आज आदेश दिएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here