Tune to BFM 91.2|Biratnagar

नक्कली मदिरा उत्पादन गर्ने ब्यापारीलाई ३ लाख जरिवाना

विराटनगर, ७ जेठ । नक्कली मदिरा उत्पादनगरि विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका विराटनगरका ब्यापारीलाई तत्कालकालागि ३ लाख जरिवाना गरिएको छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले ती ब्यापारीलाई ३ लाख जरिवाना गरेको छ भने थप कारवाही अघि बढाइएको छ । विराटनगर–६ घर भई विराटनगर ११ स्थित बसपार्क नजिकै न्यू डि एन ट्रेडर्सका नामले मदिरा पसल चलाउदै आएका ब्यापारी श्रवण मुखिया घर र पसलमै समेत नक्कली मदिरा उत्पादन गर्दागर्दैको अवस्थामा मंगलबार पक्राउ परेका थिए ।

मुखियालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (ङ) अनुसार कसुर गरेको हुँदा जरिवाना गराइएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताउनुभयो ।

सो ऐनको दफा १६ अनुसार अनुचित ब्यापारिक तथा ब्यवसायजन्य क्रियाकलाप गरेको हुँदा सोहि ऐनको दफा ३९ एक ख अनुसार मुखियालाई ३ लाख जरिवाना गरिएको उहाँले बताउनुभयो । मुखिया बिरुद्ध अन्तशुल्क ऐन,राजश्व चुहावट ऐन र मदिराजन्य ऐन समेत आर्कषित भएकाले थप करवाहीकालागि सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरिएको प्रमुख बरालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button