Tune to BFM 91.2|Biratnagar

नयाँ नक्सासहितको लोगो राखियो संघीय संसदमा

काठमाण्डौ १३ जेठ । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।

मन्त्रिपरिषदको गत जेठ ५ गते बसेको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा जेठ ७ गते भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो ।

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । साथै सांसदहरुले लगाउने प्रतीक चिह्न (लोगो) फेर्ने काम पनि अघि बढाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button