नववर्षको अवसरमा जुड सितल

0
67

विराटनगर, १ वैशाख । मोरङको कटहरी–१ जमटोकीमा प्रगतिशील समाजले नववर्षको अवसरमा जुड सितल कार्यक्रमको आयोजना गरेको छ । कटहरी गाउँपालिका–१ स्थित प्रगतिशिल समाजले आज जुड सितल कार्यक्रमको आयेजना गरेको हो । थारु समुदायले नयाँ वर्षको आगमनलाई स्वागत गर्न र बृद्धबृद्धाहरुसँग आर्शिवाद लिनका लागि बैशाख १ गते जुड सितोल पर्व मनाउने गरेको नेपाल प्रहरीको पूर्व डिआईजी भक्तिनाथ माझीले जानकारी दिनुभयो । बैशाखभरि ग्रामथानहरुमा मेला महोत्सव लगाउने र बोका, परेवासहित फलफूल चढाउने थारु समुदायले संदियौंदेखि जुड सितल पर्व मनाउँदै आएको किवदन्ती छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्न थारु समुदायका महिलाहरुले विशेष गरेर घरका भित्ताहरुमा विभिन्न प्रकारका चित्र बनाउने प्रचलनसमेत रहेको छ । आजका दिन आ–आफ्ना ईष्टमित्रहरुलाई बोलाई शुभकामना अदानप्रदान गर्ने र मिठो परिकार बनाई खानपिन गराउने चलन रहेको प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताउनुभयो । कार्यक्रममा ९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here