नविनत काँग्रेस छिट्टै जनतामाझ आउँछ : जोशी

0
126

विराटनगर, ३० पुस । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताउनु भएको छ । नविनतम सोचका साथ काँग्रेस जनतामाझ आउने पनि बताउनुभयो । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भन्नुभयोे,‘इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ ।’ उहाँले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताउनुभयो । महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो । अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here