नसर्ने रोगहरुको उपचार गर्ने अस्पताल विराटनगरमा

0
199

विराटनगर, १९ मंसिर । नसर्ने रोगहरूको उपचार गर्ने गरी सुविधासम्पन्न प्राकृतिक अस्पताल विराटनगरमा स्थापना गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरको सौगात मार्गमा नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना भएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिनु भयो । उद्यमी, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय चार जना महिलाहरू शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र बिना कार्कीले काठमाडौंको वेलनेस अस्पतालको सहकार्यमा अत्याधुनिक प्रविधियुक्त र सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउन लाग्नु भएको हो । अस्पतालको आगामी आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पतालमा अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरूबाट नसर्ने रोगहरूसँगै रक्तचाप, मधुमेह, हृदयरोग, पक्षघात, मेरुदण्ड, नसा तथा हाडजोर्नीका समस्या, पिनास, दम, माइग्रेन, तनाव, पेटसम्बन्धि सम्पूर्ण रोगहरू, पाइल्स, महिनावारी समस्यालाई प्राकृतिक चिकित्साबाट प्रभावकारी उपचार प्रदान गरिने न्यौपानेले बताउनु भयो । फिजियोथेरापी, मसाज थेरापी, शिरोधारा, जलनेती, ज्याकुजी, साउनाबाथ, स्टिमबाथ, अक्युपञ्चर, अक्युप्रेसर, पुनस्र्थापना, योग तथा तनाव व्यवस्थापन, डाइट तथा न्युट्रीसनका माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ, प्रभावकारी उपचार हुने उहाँको भनाइ छ । न्यौपानेले एलोपेथिबाट हार खाएका, दीर्घरोगीहरूको लागि प्रदेश १ मा उत्कृष्ट तथा गुणस्तरीय पद्दतिबाट उपचार गरिने दाबी गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here