नहरमा डुबेर बालिकाको मृत्यु
विराटनगर, २४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।
बूढीगंगा–२ का अञ्जान चौधरीकी अढाई वर्षीया छोरी भावना चौधरीको नहरको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउन भयो ।
उहाँकाअनुसार खेल्ने क्रममा लडेर बालिका नहरमा डुबेकी थिइन् ।
डुबेर घाइते भएकी उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।