Tune to BFM 91.2|Biratnagar

नागरिक केयर केयर सेन्टरको निर्माण कार्य अन्तिम चरणमा

विराटनगर, २३ कात्तिक । निजी क्षेत्रको पहलमा कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा निर्माण भईरहेको नागरिक केयर केयर सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोशी अस्पताल कोभिड उपचार केन्द्र परिसरमा रहेको भवनमा निर्माण भईरहेको अक्सिजन सहितको १ सय वेडको केयर सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भईरहेको कोभिड अस्पतालको हालसम्म ७५ प्रतिशत निमार्ण कार्यहरु सम्पन्न भईसकेको । तिहार अगावै देखि सञ्चालन गर्ने गरि बिजुली बत्ती, खानेपानीको धारा जडान, पुर्वाधार व्यवस्थापन, स्वास्थ्य उपकरण खरिद र ग्राउण्ड क्लियरेन्स लगायतका कार्यहरु मात्र बाँकी रहेको अस्पतालका ईन्जिनियर रन्जितराज बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सरकारको १ करोड र नागरिक केयर सेन्टरको १ करोड ५० लाखको सहयोगमा अस्पताल विस्तारको कार्य धमाधम भईरहेको छ । अस्पताल सञ्चालनका निमित्त आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न २ दिनभित्रै प्रदेश सरकारका तर्फबाट नागरिक केयर सेन्टरलाई थप १ करोड प्रदान गरिने तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

३५ वटा एचडीयु र ६५ वटा जेनरल आईसियु बेडसहित विस्तार भईरहेको अस्पतालमा लक्षण सहितका गम्भीर प्रकृतिका बिरामीहरु मात्र भर्ना गरिने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button