Tune to BFM 91.2|Biratnagar

नागरिक केयर सेन्टर निर्माण कार्य ९० प्रतिशत पुरा

विराटनगर, २१ मंसिर । कोरोना संक्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’ निर्माण कार्य ९० प्रतिशत पुरा भएको छ ।

प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको ‘सेन्टर’मा सङ्क्रमितहरुलाई उपचार गर्न १०८ बेडको एचडिओ र अक्सिजन सहितको सेन्टर (अस्पताल) आगामी १० दिन भित्र सञ्चालनमा आउने भएको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको तीन करोड लगानीमा सञ्चालनमा आउने उक्त सेन्टरमा अन्य कार्य पुरा भई स्वास्थ्य उपकरणको कार्य मात्र बाँकी रहेको छ । सुविधा सम्पन्न एचडिओ, अक्सिजन र एयरकण्डिशन सहितको १०८ वेडको सेन्टर निर्माण कार्य केही दिनभित्र सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तण गरिने नागरिक समाजकाका संयोजक एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले जानकारी दिनु भयो ।

प्रदेशका लक्षण सहितका कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि सेन्टरमा राखिने राखिने छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नागरिक समाजका प्रतिनिधिहरुले आज सेन्टरको अनुगमन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button