नाटकको महत्व वढाउन शिक्षाको खाँचो छ : अध्यक्ष क्षेत्री

0
141

विराटनगर, १८ फागुन । आरोहण गुरुकुल विराटनगरमा अन्र्तराष्ट्रिय नाटक महोत्सव चलिरहेको छ । १० वर्ष अगाडी विराटनगरमा स्थापना भएको आरोहण गुरुकुलमा पहिलो पटक अन्र्तराष्ट्रिय नाटक महोत्सवको आयोजना गएिको हो ।

वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा अन्र्तराष्ट्रिय नाटक महोत्सवबारे आज विहान कुराकानी गदै आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले नाटकको महत्व वढाउनका लागी शिक्षाको खाचो रहेको वताउनु भयो ।

विराटनगरमा घरको खाट र आमाको सारी वाट सुरु गरेको नाटकले अहिले आएर निकै फड्को मारेको उहाले वताउनु भयो । उहाले नाटक भित्रिमनदेखी हेर्नका लागी संस्कारको आवश्यक रहेको वताउनुभयो । सरकारी स्तरवाट नाटकको संरक्षणमा लाग्नु पर्ने अध्यक्ष क्षेत्रीको भनाई छ ।

हरेक राजनीतिक दलले निर्वाचनको समयमा कलाकारको संरक्षणको प्रयोग गरेजस्तो गरेपनि पछि वेवास्था गर्ने गरेको अध्यक्ष क्षेत्रीको भनाई छ ।

आरोहण गुरुकुलका व्यवस्थापक तथा अन्र्तराष्ट्रिय नाटक महोत्सवका संयोजक दिपेश भण्डारीका अनुसार पुरानो पुस्ताले गरेको संर्घष र कामलाइ नँया पुस्ताले लिएको भएपनि पहिलेको समस्या र अहिलेको समस्या उस्तै उस्तै रहेको वताउनु भयो ।

पहिला घर थिएन दर्शक थिए तर अहिले घर छ दर्शक नभएकोे उहाले वताउनु भयो । नाटक हर्ने दर्शकलाइ राम्रो नाटक र हेर्न लाएकको नाटक नवनाएर पनि दर्शक नआएको उहाले वताउनु भयो ।

काठमाण्डौको तुलनामा विराटनगरमा मान्छेलाइ गएर हेर्दिनुस भन्नुपर्ने परिपटिलाइ दर्शकले कला,साहित्य र संस्कृतिको जगेर्ना गर्नु हाम्रो पनि दायित्व हो भन्ने वुजन जरुरी रहेको उहाले वताउनु भयो ।

अवका दिनमा नाटकलाइ शिक्षासग जोडेर लग्नु पर्ने भण्डारीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here