Tune to BFM 91.2|Biratnagar

नारी विकास संघद्धारा राहत वितरण

विराटनगर, २४ वैशाख । नारी विकास संघ विराटनगरले मोरङको कटहरी गाउँपालिकाका १ सय २९ घरपरिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण प्रत्यक्ष प्रभावित बनेका कटहरी वडा नं. १ का २५ घरपरिवार र वडा नं. ५ का १ सय ४ घरपरिवारलाई खाध्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

नारी विकास संघले स्थानिय तहको आवस्यकता अनुसार नागरिकहरुको स्वाथ्य, सुरक्षा, जीविकोपार्जनको अबस्थालाइ मध्यनजर गरि सुनसरीको दुहबी नगरपालिकालाइ ५० हजारको खाद्यान्न सामग्री र विराटनगर वडा नं. ५ लाई २५ हजारको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष सीता शर्माले बताउनुभयो ।

यसैबिच हाम्रो समाज विराटनगरले ५० घर परिवारलाई राहत वितरण गरेको छ । विराटनगर–९ स्थित कलेजरोडमा अति विपन्न परिवारका ५० घर परिवारलाई हाम्रो समाज विराटनगरले राहत वितरण गरेको हो । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई राहत वितरण गरेको समाजका अध्यक्ष अनुप कुमार सापकोटाले जानकारी दिनुभयो ।

प्रतिपरिवार ८ किलोको दरले चामल, दाल १ किलो, खानेतेल १ लिटर र १ किलो नुन लगायतका खाद्य सामग्री वितरण गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button