Tune to BFM 91.2|Biratnagar

नारी विकास संघद्धारा १ हजार बढी घर परिवारलाई हाईजिन किट वितरण

विराटनगर, २५ असार । नारी विकास संघ विराटनगरले १ हजार बढी घर परिवारलाई हाईजिन किट वितरण गरेको छ ।

वल्र्ड भिजनसँगको सहकार्यमा सरसफाई तथा स्वच्छता संवन्धिको हाईजिन किट १ हजार २ सय २ घर परिवारलाई वितरण गरेको हो ।

विराटनगर १९, कटहरी ५ र ६, ग्रामथान १ र २, सुन्दरहरैचा १ र बुढीगंगाा ६ र ७ का सिमान्तकृत तथा गरिव घर परिवारलाई हाईजिन किट वितरण गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । उहाँका अनुसार हाईजिन किट भित्र सावुन, ब्रस, काईयो लगायतका सरसफाई तथा स्वच्छता संवन्धिका सामाग्री रहेको छ ।यसैवीच १ हजार २ सय २ जना आरसी (चाइल्ड स्पोन्सरसीप) बालबालिकाहरुलाई पनि विदाई गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनलको १५ वर्षे कार्यक्रम सकिएसँगै आरसी बालबालिकाहरुलाई पनि विदाई गरिएको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

हाईजिन किट वितरण तथा विदाई कार्यक्रममा नारी विकास संघ अध्यक्ष सीता शर्मा, कार्यक्रम संयोजक सरिता अधिकारी, कार्यक्रम अधिकृत हिमान्सु यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button