नाला निर्माणका क्रममा वडा अध्यक्षमाथि कुटपिट

0
313

विराटनगर, २२ असार । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरेका हुन् । यस विषयमा लिएर विवाद पनि भएको थियो । सडक विस्तारमा विवाद भएपछि छलफलका लागि पुगेका बेला आलमलाई एकै घरका दाजु भाईले हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सन्तोष र विजय साहलाई प्रहरीले हिजो साँझ नै छाडिदिएको छ । अरुको भन्दा आफूहरुको धेरै जग्गा सडकमा पारेको उनीहरुको आरोप थियो । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाले वडा अध्यक्षकै आग्रहमा कुटपिट गर्नेलाई आगामी दिनमा यस्ता घटना नदोहोर्याउने सर्तमा छाडिएको बताउनु भयो । वडा अध्यक्ष आलमले आफ्नै वडाका बासिन्दा भएका कारण हेल्मेट प्रहार गर्नेका विरुद्ध कुनै पनि उजुरी नगरिएको बताउनु भयो । घटनामा संलग्न विजयले सबै समस्याको समाधान भइसकेका कारण घटनाका विषयमा बोल्न आवश्यक नरहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here