Tune to BFM 91.2|Biratnagar

नालीमा डुबिरहेको अवस्थामा शव फेला

विराटनगर, २५ असार । विराटनगर महानगरपालिका–६ स्थित वडा कार्यालय छेउमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव बिहान ८ः३० बजे फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

घटनास्थल नजिकै शिव मन्दिर पनि रहेको छ । राईकाअनुसार नालीमा डुबिरहेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button