Tune to BFM 91.2|Biratnagar

निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर ९ पुस । विराटनगरको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल पाँचौं वर्षमा प्रवेश गरेको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

आज अस्पताल परिसरमा आयोजना गरिएको पहिलो दिनको निःशुल्क स्वास्थ्य शिविरमा ५० जना विरामीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिनुभयो । पाँचौं वर्षमा पुगेको असरमा अस्पतालले आज र भोली निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पहिलो दिनमा आएर हेर्न नभ्याएका विरामीलाई भोली स्वास्थ्य परीक्षण गरिने अस्पतालले जनाएको छ ।

भोली रक्तदान कार्यक्रम पनि हुनेछ । रक्तदानमा ५० भन्दा बढीले रक्तदान गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । विराटनगरमा विगत ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिएको छ । शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button