Tune to BFM 91.2|Biratnagar

निजी अस्पताल र कलेजले तलव नदिदाँ डाक्टर र नर्सको बिजोग

विराटनगर २२ असार । कोरोना भाईरस (कोभिड–१९) संक्रमण लाई बहाना बनाउदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सहरुको रोजगारी खोसेर अलपत्र पारेको भन्दै चिकित्सक संघ र नर्सिङ संघले विरोध जनाएका छन् ।

प्रदेश १ मा कार्यरत करिब १० हजार नर्समध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, मेडिकल, हेल्थ तथा नर्सिङ कलेजहरुमा अध्यापन गराउँदै आएकाहरुको सेवा सुविधा समेत कटौती गरिएको बताईएको छ ।

नेपााल चिकित्सक संघ कोशी शाखा र नेपाल नर्सिङ संघ मोरङ शाखाले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि दवावमा विदा बसाएर तलव कटौती गर्ने र खाईपाई आएको सेवा सुविधाबाट कुनैपनि वहानामा बन्चित गर्ने कार्य तत्काल रोक्नका लागि माग गरेका छन् ।

चिकित्सक संघ कोशीका अध्यक्ष फरवार्ड सिलवालले चिकित्सकहरुको फागुन महिना यताको सेवा सुविधा सरकारी अस्पताल बाहेक सबै निजि अस्पतालले रोकेको बताउनुभयो । उहाले कतिपय अस्पतालले चैतको २५ र बैशाखको ५० प्रतिशत सेवा सुविधा कटौती गरेको बताउनुभयो ।

जेठ महिनाको तलव नै नदिने पनि निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरु रहेको बताउँदै अध्यक्ष सिलवालले कामबाट निकालएिकाहरु आन्दोलन गर्न नसक्ने अवस्थामा छन् भनेर अलपत्र बनाएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल नर्शिङ संघ मोरगशाखा की अध्यक्ष कबिता अधिकारीले नर्सिङ पेशामा आवद्धमध्ये ७५ प्रतिशत र प्रदेश १ मा सरकारी अस्पतालमा कार्यरत ३ सय हाराहारीका चिकित्सक बाहेक २ हजार ५ सय चिकित्सक र १० हजार नर्सहरुको अवस्था नाजुक बन्दै गएकोले समबन्धीत निकायले ध्यानदिएर पुर्नवहाली गर्नुपर्ने बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button