निजी विद्यालयमैत्री वातावरण बन्छ : प्रमुख पराजुली

0
169

विराटनगर, ६ चैत । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी विद्यालयमैत्री वातावरण तयार गर्न आफू सदैव सक्रिय रहने बताउनु भएको छ ् । आज विराटनगर प्याब्सनले १४ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष, सचिव र सदस्यहरुकालागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख पराजुलीले यस्तो बताउनु भएको हो् । उहाले विकासका निम्ति कर लिनु अनिवार्य रहेको चर्चा गर्दै यी सहित अन्य विषयमा पनि छलफलका लागि महानगरपालिका तयार रहेको बताउनु भयो । यद्यपी कर लिएवापत निजी विद्यालय सञ्चालनका लागि महानगरले दिनुपर्ने सेवा सुविधा तत्काल उपलब्ध गराउन आफू तयार रहेको बताउनु भयो । प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयका विपक्षमा देखिएका समस्याहरुको समाधान संवाद र लबिङकै माध्यमबाट हुने विश्वास ब्यक्त गर्नुभयोे । ‘नितीगत कुरामा हामीले छलफलबाट नै समस्या समाधान गर्ने प्रयासको थालनी गरेका छौं, अध्यक्ष पुरीले भन्नुभयो,‘केहि समस्याको सामाधान हुन्छ, तपाईहरु ढुक्कका साथ विद्यालय सञ्चालन गर्नुस् ।’ यद्यपी उनले सरकारले भनेजस्तै श्रमिक र कर्मचारीहरुको हितका सवाललाई भने कार्यान्वयन गर्न निजी विद्यालय समेत तयार हुनुपर्नेमा जोड दिनु भयो । सवै नजी विद्यालयले अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसकेपनि सक्ने वर्गीकरणका आधारमा सक्षम विद्यालयले त्यसलाई कार्यान्वयन गर्ने र नसक्नेको सवालमा विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले सवै युवालाई रोजगार दिने नसके बेरोजगार भत्ता दिने घोषणा गरेको सन्दर्भमा निजी विद्यालयलाई बन्द गरेर पाइरहेको रोजगारीको अवसर नखोस्ने विश्वास ब्यक्त गर्नुभयो । उहाले प्याब्सनका स्थानीय तहका कमिटीका पदाधिकारी समेत चनाखो हुनुपर्ने र तत् तत् स्थानमा बन्ने ऐन नियमलाई निजी विद्यालय मैत्री बनाउन भूमिका खेल्नुपर्ने सुझाव दिनु भयो । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, इस्टुका उपाध्यक्ष रोहिणीरमण दवाडी, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी, इमानका केन्द्रीय अध्यक्ष नरेन्द्र केसी र प्याब्सनका विभिन्नतहका नेताहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्याब्सन केन्द्रीय समितिसँगका अपेक्षाका बारेमा धारणाहरु राखेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here