निर्वाचन आयोगको तेस्रो पञ्चबर्षीय रणनीतिक योजना तयार

0
116

विराटनगर, २ भदौ । निर्वाचन आयोगले तेस्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो । आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्र्तगत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीतिहरु कार्यान्वनयका लागि ५ बर्षको कार्ययोजना समते तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ । आयोग परिसरमा आज सम्वाददाताहरुसंग कुरा गर्दे प्रवक्ता शंकरप्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धी क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो । स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here