निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहको बहिस्कार
विराटनगर ९ माघ । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ ।आज जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो ।
नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगमन मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नाराबाजी गर्नुभएको थियो ।सर्वपक्षीय छलफलमा प्रचण्ड–माधव समूहबाट क्षेत्रीसहित चारजना प्रतिनिधि पुगेका थिए ।
निर्वाचन तयारीका बारेमा छलफल सुरु भएपछि क्षेत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमले संविधानमाथि प्रहार भएको बताउँदै नहुने निर्वाचनको तयारी गरेको बताउनुभयो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले छलफल आवश्यक रहेको बताउनुभएको थियो ।
क्षेत्रीले छलफल बहिस्कार गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीले त्यो तपाईंहरुको अधिकार भनेपछि नेकपा प्रचण्ड–माधव समूहको टोली बैठकबाट बाहिरिएको थियो ।