Tune to BFM 91.2|Biratnagar

निुःशल्क खाना वितरण गरिरहेका अभियन्तालाई प्रहरीको साथ

विराटनगर, ९ भदौं । कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको निषेधाज्ञाका कारण भोकभोकै परेकाहरुलाई विराटनगरका युवाहरुले निुःशल्क खाना वितरण गरिरहेका छन् ।

चार दिनदेखी चोकचोकमा पुगेर खाना वितरण गरिरहेका वसिम आलमसहित युवा अभियान्ताहरुलाई प्रहरीले सहयोग गरिरहेको छ ।

आज निःशुल्क खाना वितरण अभियान सञ्चालन गरिरहेका युवाहरुलाई हौसला बढाउन जिल्ला प्रहरी कार्यालय मोरगका प्रहरी उपरीक्षक सन्तोष खड्का सहभागी हुनुभएको छ । खाना वितरण गर्ने अभियान्ताहरुसँगै सडकमा पुग्नुभएका उहाले युवाहरुले राम्रो अभियान सञ्चालन गरेको बताउनुभयो ।

‘निषेधाज्ञामा खाना वितरण गर्दा प्रहरीले सहयोग गरिरहेको निःशुल्क खाना वितरण अभियानका संयोजक वसिम आलमले बताउनु भयो ।’अभियान्ताले लकडाउनको समयमा सडकमै बसोबास गर्ने र निम्न वर्गीय मजदुरलाई ८० दिनसम्म निरन्तर खाना वितरण गरेका थिए ।

लकडाउन खुलेसँगै रोकिएको अभियान विराटनगरमा निषेधाज्ञा जारी भएपछि पुनः सुरु गरेको आलमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button